कोरोनाबारे झूटो अफवाह फैलाएको आरोपमा दुई जना पक्राउ
काठमाडौं । कोरोना भाइरसबारे झूटो अफवाह फैलाएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा पोखरा महानगर–५ बस्ने २९ वर्षीय ईश्वर रिमाल र वडा ९ नयाँबजार बस्ने २२ वर्षीय निरज लम्साल रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय, पोखराले बुधबार उनीहरुलाई पक्राउ गरेको हो ।
पिसिआर परीक्षण प्रदेश जनस्वास्थ्य प्रयोगशाला गण्डकी प्रदेश पोखराबाट आएको रिपोर्ट उलटपुलट अफवाह फैलाएको आरोपमा पक्राउ उनीहरुलाई पक्राउ गरिएको हो ।
उनीहरूविरूद्ध झूटो अफवाह फैलाउन नहुन कसूरमा अनुसन्धान अघि बढाएको छ ।










