थप १४ सय ५४ जनामा कोरोना पुष्टि, ९ सय ७२ जना संक्रमणमुक्त

हेटौडा न्युज
२६ भाद्र २०७७, शुक्रबार १६:३७
;

काठमाडौं । नेपालमा थप १४ सय ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा १४ सय ५४ जनामा कोरोना पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५१ हजार ९ सय १९ जना पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घन्टामा थप ९ सय ७२ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा हालसम्म ३६ हजार ६सय ७२ उपचारपछि निको भएका छन्।

हाल देशभर सक्रिय संक्रमितको संख्या १४ हजार ९ सय २५ छ । ८ हजार २ सय ९१ जना संस्थागत आइसोलेसनमा छन् भने ६ हजार ६३४ होम आइसोलेसनमा छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*