बागमती प्रदेशमा साँढे १४ हजारबढी कोरोना संक्रमित, मृतकको सख्या १ सय १
मकवानपुर । बागमती प्रदेशमा कोरोना संक्रमितको सख्या १४ हजार ५ सय ९७ जना पुगेको छ । हिजो एकैदिनमा ५ सय ४४ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या १४ हजार ५ सय ९७ पुगेको हो ।
प्रदेशमा ६ हजार ८ सय २० जना कोरोना संक्रमित डिस्चार्ज भएको बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
त्यस्तै प्रदेशमा कोरोना संक्रमणबाट १ सय १ जनाको मृत्यु भएको छ ।










