तास खेल्ने पाँच भुटानी शरणार्थी पक्राउ, १ लाख ५७ हजार नगद बरामद

हेटौडा न्युज
२८ भाद्र २०७७, आईतवार १२:२४
;

काँकडभिट्टा । प्रहरीले तास खेलिरहेका पाँच जना भुटानी शरणार्थीलाई पक्राउ गरेको छ । दमक ३ बेलडाँगी–२ को भुटानी शरणार्थी शिविरस्थित हट नम्बर २४५ सेक्टर ए ४ बस्ने मनु गुरुङको घरमा तास खेलिरहेको सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरिएको हो ।

पक्राउ पर्नेहरुमा १ सेक्टर ए ४ हट नम्बर २३२ बस्ने ३८ वर्षीय प्रकाश राई, सेक्टर बी ३ हट नम्बर ३०५ बस्ने ३६ वर्षीय नरेश दाहाल, सेक्टर बी ४ हट नम्बर ३६६ बस्ने ३६ वर्षीय कुमार तामाङ, सेक्टर ई २ हट नम्बर १०५ बस्ने बिर्खमान राई र सेक्टर बी २ हट नम्बर १९८ बस्ने २४ वर्षीय शन्तविर तामाङ छन् ।
उनीहरुको साथबाट १ लाख ५७ हजार नगद समेत बरामद गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

पक्राउ परेकाहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*