ज्वाइ हत्याको आरोपमा ससुरासहित ५ जना पक्राउ

हेटौडा न्युज
२८ भाद्र २०७७, आईतवार १३:४९
;

बाँके । ज्वाइ हत्याको आरोपमा ससुरासहित ५ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ससुरा नेपालगञ्ज उपमहानगरपालिका–२० नटनपुरुवा बस्ने नरेश चमारसहित ५ जना रहेका छन् ।

श्रीमती लिन ससुराली पुगेका नेपालगंज उपमहानगरपालिका–१७ परस्पुर बस्ने २३ वर्षीय शत्रुहन रैदासलाई ससुरा नरेशले शुक्रबार साँझ कुटपिट गरी कन्डाई वृक्ष नामक फल पानीमा घोली खुवाएपछि गम्भीर घाइते भएका थिए ।

घाइते भएका उनको नर्सिंङहोम नेपालगञ्जमा उपचारको क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटनाको खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*