प्राधिकरणबाट आज बिदा हुँदै कुलमान, दोहोर्‍याउन ‘प्रधानमन्त्रीको अनिच्छा’

हेटौडा न्युज
२८ भाद्र २०७७, आईतवार १४:३०
;

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको चार वर्षे कार्यकाल आज सकिँदैछ । २०७३ साल भदौ २९ गते नियुक्त भएका घिसिङको कार्यकाल आज राति १२ बजेदेखि सकिन लागेको हो ।

मन्त्रिपरिषद्को बैठक सोमबार मात्रै बस्ने भएकाले कुलमान आज बिदा हुने पक्का भएको हो । चार वर्षे कार्यकालमा निकै प्रशंसा कमाउनुएका कुलमान घिसिङलाई अर्को कार्यकाल पनि प्राधिकरणको नेतृत्व दिन सरकारमाथि जनदबाब बढेको छ ।

ऊर्जा मन्त्रालय स्रोतका अनुसार ऊर्जामन्त्री वर्षमान पुन आफै कुलमानलाई दोहोर्‍याउने मनस्थितिमा नभए पनि प्रचण्डको दबाबका कारण मन्त्री पुन घिसिङको नाम प्रस्ताव गर्न राजी भएका छन् ।

तर प्रधानमन्त्रीले नै इच्छा नदेखाएपछि घिसिङको नाम मन्त्रिपरिषदमा पुगेको छैन ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*