कोरोना संक्रमणबाट तनहुँकी एक महिलाको मृत्यु
काठमाडौं । कोरोना संक्रमणबाट तनहुँकी एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा आँबुखैरेनी–४ निवासी ७६ वर्षीया महिला रहेकी छिन् ।
काठमाडौँस्थित मनमोहन कार्डियोभास्कुलर थोरासिक एण्ड टा्रन्सप्लान्ट सेन्टरमा उपचाररत उनको आइतबार मृत्यु भएको हो ।
भदौ २३ गते कोरोनाभाइरसको संक्रमण पुष्टि भएकी ती महिलाको स्वास्थ्यमा सुधार नआएपछि काठमाडौं उपचारको लागि ल्याइएको थियो ।
भदौ २० गते अस्पताल भर्ना भएकी उनको आज उपचारकै क्रममा अस्पतालमा मृत्यु भएको हो ।
ती महिलामा मुटुसम्बन्धी समस्या थियो ।










