थप १ हजार ३९ जनामा कोरोना पुष्टि, ११ सयबढी डिस्चार्ज

हेटौडा न्युज
२८ भाद्र २०७७, आईतवार १६:३३
;

काठमाडौं । नेपालमा थप १ हजार ३९ एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्य ५४ हजार १ सय ५९ पुगेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार हाल देशभरमा सक्रिय सङ्क्रमितको संख्या १५ हजार १ सय १७ रहेको छ ।

आज विभिन्न जिल्लामा गरी ११ सय ७३ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् ।

हालसम्म संक्रमण मुक्त हुनेको सङ्ख्या ३८ हजार ६सय ९७ छ । नेपालमा जम्मा सङ्क्रमितमध्ये निको हुने ७१. ५ प्रतिशत पुगेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*