नारायणगढ–मुग्लिन सडकखण्डमा दुई ट्रक ठोक्कियो, चार जना घाइते
चितवन । दुई ट्रक आपसमा ठोक्किँदा चार जना घाइते भएका छन् । चितवनको नारायणगढ–मुग्लिन सडकखण्डमा दुई ट्रक ठोक्किदा घाइते भएका मध्ये एक जनाको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ ।
विपरीत दिशामा रहेका ना ६ ख २४२३ र ना ४ ख ८०११ नम्बरका ट्रक इच्छाकामना गाउँपालिका–५ को खहरे पुल नजिक एक आपसमा ठोक्किएका हुन् ।
दुर्घटनामा दुवै ट्रकका चालकसहित ट्रकमा सवार ४ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
घाइतेहरुलाई उपचारको लागि पुरानो मेडिकल कलेज भरतपुर ल्याइएको छ ।










