हेटौंडामा आज १ सय २८ जनाको स्वाब संकलन
 
 मकवानपुर । हेटौंडामा आज १ सय २८ जनाको स्वाब संकलन गरिएको छ । हेटौंडा–४ कर्रास्थित आइसोलेसनबाट आज १ सय २८ जनाको स्वाब संकलन गरिएको हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य अधिकृत भोला चौलागाईले बताएका छन् ।
कोरोना संक्रमितहरुको सम्पर्कमा आएकाको पहिचान गरी १ सय १२ जनाको स्वाब संकलन गरिएको हो भने १६ जनको पुनः परिक्षणको लागि स्वाब संकलन गरिएको हो ।
पुनः परिक्षणको लागि पठाइएको १६ जना होमआइसोलेसनमा उपचाररत रहेका छन् ।


 हेटौडा न्युज
हेटौडा न्युज








