बागमती प्रदेशमा थप ५ सय ८९ जना कोरोना संक्रमण पुष्टि

हेटौडा न्युज
२९ भाद्र २०७७, सोमबार १७:५०
;

मकवानपुर । पछिल्लो २४ घण्टामा बागमती प्रदेशमा थप ५ सय ८९ जना कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथ जनसंख्या मन्त्रालयका अनुसार संक्रमण पुष्टि हुनेहरुमा काठमाडौंका ४ सय ४०, काभ्रेमा १८, चितवनमा ३१, दोलखामा १, धादिङमा ८, नुवाकोटमा ३, भक्तपुरमा ४३, मकवानपुरमा १४, रामेछापमा १, ललितपुरमा २९ र सिन्धुलीमा १ जना रहेका छन् ।

प्रदेशमा हाल ४ हजार १ सय जना आइसोलेशनमा, ३ हजार ८ सय ७ जना होम आइसोलेशनमा, ४ सय ९४ जना कवारेन्टाइनमा, १ सय २९ जना आइसीयुमा र २१ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ ।

त्यस्तै प्रदेशमा हालसम्म ७ हजार ८ सय १९ जना कोरोनामुक्त भएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*