हेटौंडाका थप १५ जनामा कोरोना पुष्टि
मकवानपुर । हेटौंडाका थप १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । किटजन्य रोग तथा अनुसन्धान केन्द्र हेटौंडामा गरिएको परिक्षणमा हेटौंडाका १५ जना र मनहरीका एक जना गरि १६ जनामा कोरोना पुष्टि भएको हो ।
हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य अधिकृत भोला चौलगाईका अनुसार संक्रमित हुनेहरुमा ९ महिला, एक बालक र ७ पुरुषमा रहेका छन् ।
भदौ २९ गते स्वाब संकलन भएको ५७ जनाको रिपोर्ट मंगलबार सार्वजनिक गरेको चौलागाईले बताए ।











