लक्षण नभएकाको कोरोना परीक्षण नगर्ने तयारीमा मन्त्रालय
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले लक्षण नभएका कोरोना संक्रमितहरूको पिसिआर परीक्षण नगर्ने तयारी गरेको छ ।
अब लक्षणविहीनको परीक्षण नगर्दा पनि फरक नपर्ने निष्कर्ष निकाल्दै मन्त्रालयले लक्षण भएकाहरूको मात्र परीक्षण गर्ने नीति लागु गर्ने तयारी गरेको हो ।
मन्त्रालयका सहप्रवक्ता डा. समिर अधिकारीले अब लक्षणविहीनको परीक्षण नगर्दा उनले अब ट्रेस गरेरमात्र परीक्षण बढाउने भन्दा पनि क्वारेन्टिन र आइसोलेसन व्यवस्थापनमा मन्त्रालयले जोड दिने बताए ।
सहप्रवक्ता अधिकारीले भने, छलफल मात्र भएको हो । अब यसको निर्णय गर्ने त सरकारले हो ।










