प्राधिकरणबाट बिदा भए कुलमान घिसिङ

पुनः प्राधिकरणको प्रमुखको रुपमा स्वागत गर्न पाउने आसमा कर्मचारी
हेटौडा न्युज
३० भाद्र २०७७, मंगलवार १५:०३
;

काठमाडौं । चार वर्षे कार्यकाल सकिएपछि नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ प्राधिकरणबाट बिदा भएका छन् । मंगलबार प्रधिकरणमा आयोजित कार्यक्रममा प्राधिकरणका कर्मचारीहरुले घिसिङको बिदाइ गरेका हुन् ।

कार्यक्रममा आधिकारिक ट्रेड युनियन नेपाल विद्युत प्राधिकरण कर्मचारी युनियनका अध्यक्ष रामेश्वोर पौडेलले बिदाइका क्रममा आगामी १५ दिनभित्र पुनः प्राधिकरणको प्रमुखको रुपमा स्वागत गर्न पाउने आसा व्याक्त गरे ।

उनलाई पुनः नियुक्ति गर्नुपर्ने आवाज उठेपनि सरकारले निर्णय लिइसकेको छैन ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*