चट्याङ लागेर एक जनाको मृत्यु

हेटौडा न्युज
३० भाद्र २०७७, मंगलवार १५:१४
;

बारा । चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जितपुरसिमरा उपमहानगरपालिका–१४ का धर्मप्रसाद राय चौधरी रहेका छन् ।

दुधौरा खोलामा टायर गाडामा बालुवा लोड गरिरहेको अवस्थामा अचानक चट्याङ पर्दा चौधरी गम्भीर घाइते भएका थिए । उनको डुमरवानास्थित डुमरवाना पोली क्लिनिकमा उपचारको क्रममा मृत्यु भएको बाराका डीएसपी गौतम मिश्रले बताए ।

टायर गाडामा बालुवा लोड गरिरहेका करिब २७ वर्षीय तेतर माझी सामान्य घाइते भएका छन् । उनको सोही क्लिनिकमा उपचार भइरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*