हेटौंडाका बीमा कम्पनी गर्दैनन् कोरोना बीमा

हेटौडा न्युज
३० भाद्र २०७७, मंगलवार १६:१४
;

मकवानपुर । मकवानपुरमा संचालनमा रहेका बीमा कम्पनीहरुले कोरोना बिमा गर्न बन्द गरेका छन् । भदौ २८ गते बिमा समितिले कोरोना बीमा सम्बन्धि प्रावधान परिवर्तन गरे पछि मकवानपुरमा संचालनमा रहेका बीमा कम्पनीहरुले कोरोना बीमा बन्द गरेका हुन् ।

यस विषयमा हेटौंडामा संचालनमा रहेको प्रोडेन्सियल इन्सुरेन्स कम्पनीका अर्जुन सुवेदीले बीमा समितिको निर्णय आउने वित्तिकै कोरोना बीमा बन्द गरेको बताए । उनले भने बीमा समितिले कोरोना बीमा सम्बन्धि प्रावधान परिवर्तन गरेसंगै हाललाई कोरोना बीमा बन्द गरेका छौं । तर समितिबाट भने कुनै पनि परिपत्र नआएको बताए ।

परिपत्र बिना नै बीमा रोक्नु नियम विपरित भएन भन्ने प्रश्नमा आफ्नो कम्पनीको एक कर्मचारीलाई कोरोना संक्रमण देखिएकाले कार्यालय नै बन्द गरेका छौ कसरी बीमा गर्नु ?

बीमा समितिको परिवर्तित प्रावधान अनुसार अब देखि बीमितहरुले बीमा गरेको ३० दिन पछि मात्र बीमा दावी गर्न पाउने छन् तर यस अघिको प्रावधानमा दावी गर्ने समयअवधि १५ दिनको थियो ।

त्यस्तै संक्रमित व्यक्ति होम आइसोलेसनमा बसे बीमाङ्क रकमको २५ प्रतिशत र मान्यता प्राप्त स्वास्थ्य संस्थामा बसेर उपचार गरेमा उपचार खर्चको ७५ प्रतिशत सम्म हुन आउने रकम भुक्तानी दिने जनाइएको छ ।
त्यस्तै बीमा समितिले परिवर्तन गरेको प्रावधानमा कोरोना बीमा मापदण्ड,
२०७७ को सबै प्रकृया पूरा गरेको अवस्थामा संक्रमण पुष्टि भएको ७ दिन भित्र लिखित निवेदन पेश गर्नु पर्ने छ ।

संशोधित प्रावधानमा संयुक्त बीमा मात्रै बीमित हुने छ । बीमा समितिले यस अघि कोरोना लागेको बीमितलाई १ लाख रुपैया भुक्तानी दिने निर्णय गरेको थियो । पछिल्लो संशोधित प्रावधान आउनुको पछाडी संक्रमितको संख्या उच्च रहनु र बीमाङ्क रकम बढी जाने भएकोले प्रावधान संशोधन गरेको बीमा समितिलाई आरोप लागेको छ । नेपालमा हालसम्म करिव ४ सय जनाले बीमा वापतको रकम लिइ सकेका छन् भने १ हजार २ सय बढीले बीमा रकम दावी गरेका छन् ।

बीमा समितिको परिवर्तित प्रावधान यस्तो छः

bima samiti

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*