दुई केजी अफिमसहित ६० वर्षीय पुरुष पक्राउ
३० भाद्र २०७७, मंगलवार १६:२१
बारा । दुई केजी लागुऔषध अफिमसहित एक पुरुषलाई सशस्त्र प्रहरीले पक्राउ परेका छन् । पक्राउ पर्नेमा पचरौता नगरपालिका–६ पकडिया बस्ने ६० वर्षीय सहजमान मिया अन्सारी रहेका छन् ।
विशेष सुराकीका अधारमा अन्सारी भारतीय सिमानासँग टाँसिएको– ४ इनर्वास्थित पिलर नम्बर ३६६/६ स्थित दशगाजा क्षेत्रबाट पक्राउ गरिएको नेपाल नम्बर १२ गण हेडक्वार्टर बारा उत्तरझिट्कैयाले गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक रोविनराज कर्णजितले जानकारी दिए ।
पक्राउ परेका अन्सारीलाई आवश्यक कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय बारामा पठाइएको जनाएको छ ।










