थप १४ सय ५९ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ५६ हजार नाघ्यो
काठमाडौं । नेपालमा थप १ हजार ४ सय ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा १० हजार ३सय ७५ जनाको पीसीआर विधिबाट गरिएको नमुना परीक्षणका क्रममा थप १ हजार ४ सय ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
यो सहित नेपालमा कोरोना संक्रमितको संख्या ५६ हजार ७ सय ८८ जना पुगेको छ । आज १५ हजार ७ सय ७९ जना सक्रिय संक्रमित रहेका छन ।










