घोराही उपमहानगरपालिकाका ६ जना कर्मचारीमा कोरोना पुष्टि
दाङ । घोराही उपमहानगरपालिकाको कार्यालय बन्द गरिएको छ । ६ जना कर्मचारीमा कोरोना पुष्टि भएपछि बुधबारदेखि असोज ४ गतेसम्मका लागि अत्यावश्यक बाहेक अन्य सेवा बन्द गरिएको हो ।
कार्यालयबाट सेवा प्रवाह गरिने स्वास्थ्य सेवा, विपद् व्यवस्थापन र सरसफाई सेवा लगायत अत्यावश्यक सेवा बाहेकका अन्य सेवाहरु बुधबारदेखि असोज ४ गतेसम्म स्थगित गरिएको केसीले बताए ।










