प्याज कालोबजारी गर्ने चार जना व्यापारी पक्राउ
काठमाडौं । प्याज कालोबजारी गर्ने चार जना व्यापारीलाई प्रहरीले गरेको छ । उद्योग वाणिज्य तथा आपुर्तिमन्त्री लेखराज भट्टले बुधवार बजार अनुगमन गर्दा कालोबजारी गरेको भेटेपछि उनिहरुलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा काभ्रे घर भएका ३० वर्षीय सुनिल केसी, ३१ वर्षीय उपेन्द्र केसी, ४६ वर्षीय सर्दिप तन्डुकार र बारा घर भएका ५० वर्षीय हरिनारायण शाह कलवार रहेका छन् ।
मंगलबार सम्म ४८ रुपैयाँमा बिक्री भईरहेको प्याज उनीहरुले १ सय २० रुपैयाँ प्रतिकेजी बेचेको बिक्री गरेको थियो।
भारतले निर्यात रोकेको बहनामा ब्यापारीले स्टोर गरेको प्याज महङ्गो मूल्यमा बेचेका हुन् ।
उनीहरुलाई कालोबजारी ऐनअनुसार कारवाही गरिने प्रहरीले जनाएको छ ।










