कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ सय ७९ पुग्यो
काठमाडौं । नेपालमा थप ८ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ३ सय ७९ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ वटा जिल्लाका ४ महिला र ४ पुरुष गरी ८ जनाको मृत्यु भएको छ ।
सुनसरीमा ७० वर्षीय पुरुष, सप्तरीमा ३५ वर्षीय पुरुष, बारामा ४६ वर्षीया महिला, काभ्रेमा ५५ वर्षीया महिला र ४१ वर्षीय पुरुषको मृत्यु भएको छ ।
गत २४ घण्टामा काठमाडौंमा ७१ र ७४ वर्षीया महिला र कास्कीमा ७० वर्षीय पुरुषको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।
नेपालमा कुल संक्रमितमध्ये मृत्यु हुने दर शून्य दशमलव ६५ प्रतिशत छ ।










