सचिवालयका एक जनामा कोरोना देखिएपछि आइसोलेसनमा देउवा

काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवा आइसोलेसनमा बसेका छन् । निजी सचिवालयमा कार्यरत एक जनामा कोरोना पुष्टि भएपछि देउवा होम आइसोलेसनमा बसेको स्वकीय सचिव भानु देउवाले जानकारी दिए ।
देउवा होम आइसोलेसनमा बसेसँगै बिहीबारका लागि तय भएको सत्तारुढ र प्रमुख प्रतिपक्ष दलबीचको छलफल पनि स्थगित भएको कांग्रेसका केन्द्रीय सदस्य रमेश लेखकले जानकारी दिए ।