कोसी अस्पतालमा ६६ वर्षीय कोरोना संक्रमितको मृत्यु
विराटनगर । कोरोना संक्रमणका कारण थप एक जनाको मृत्यु भएको छ । कोसी अस्पतालमा विराटनगर–६ का ६६ वर्षीय पुरुषको बुधबार राति मृत्यु भएको हो ।
स्वास्थ्यमा समस्या देखिएपछि बुधबार राति ११ बजेतिर अस्पताल भर्ना भएका उनको एक घण्टापछि मृत्यु भएको अस्पतालले जनाएको छ ।
मृत्यु भएपछि उनको स्वाब संकलन गरी पीसीआर परीक्षण गराउँदा बिहीबार बिहान पोजिटिभ रिपोर्ट आएको जनाएको छ ।










