१२ सय ४३ जनाले जिते कोरोना (प्रदेशगत सूचीसहित)
कोरोना जित्नेको संख्या झण्डै ४३ हजार पुग्यो
काठमाडौं । नेपालमा १ हजार २ सय ४३ जना कोरोना संक्रमणमुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ हजार २ सय ४३ जना कोरोना संक्रमित निको भएर डिष्चार्ज भएका हुन । यो सँगै कोरोनामुक्त हुनेको संख्या ४२ हजार ९ सय ४९ पुगेको छ ।
स्वास्थ्य प्रवक्ता गौतमका अनुसार डिष्चार्ज हुनेमा प्रदेश १ मा ३ हजार ७ सय ७१, प्रदेश २ मा ११ हजार ७ सय १७, बागमती प्रदेशमा ९ हजार ४ सय ११, गण्डकी प्रदेशमा २ हजार ४ सय ६६, प्रदेश ५ मा ६ हजार ८ सय ७१, कर्णाली प्रदेशमा २ हजार ६सय ८ र सुदुरपश्चिम प्रदेशमा ६ हजार १ सय ५ जना कोरोना संक्रमणमुक्त भएका छन् ।
आजसम्म डिष्चार्ज हुनेको संख्या ७२ प्रतिशत रहेको मन्त्रालयले
जनाएको छ ।










