कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ३ सय ८३ पुग्यो

हेटौडा न्युज
१ आश्विन २०७७, बिहीबार १७:०२
;

काठमाडौं । कोरोना संक्रमणका कारण थप ४ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा चार जिल्लामा कोरोना संक्रमितको मृत्यु भएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ३ सय ८३ पुगेको छ ।

कोरोना संक्रमणका कारण मृत्यु हुनेहरुमा मोरङका ६४ वर्षीया महिला, काठमाडौंका ८७ वर्षीय पुरुष, चितवनका ३६ वर्षीया महिला र कैलालीका ५७ वर्षीया महिला रहेकी छिन् ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*