नेपालमा थप १ हजार ३ सय ५६ जनामा कोरोना पुष्टि
काठमाडौं । नेपालमा थप १ हजार ३ सय ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा देशको विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा १ हजार ३ सय ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
योसँगै नेपालमा कुल संक्रमितको संख्या ६६ हजार ६ सय ३२ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा।जागेश्वर गौतमले जानकारी दिए ।
त्यस्तै, आज ८ सय २३ जना कोरोना संक्रमण मुक्त भई डिस्चार्ज भएका छन् । योसँगै नेपालमा संक्रमण निको हुनेको संख्या ४८ हजार ६१ जना निको भएको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार, नेपालमा सक्रिय संक्रमितको संख्या १८ हजार १ सय ४२ रहेको छ।
पछिल्लो २४ घण्टामा ११ हजार १ सय ५४ जनाको पीसीआर परीक्षण भएको छ ।










