बाँकेमा कोरोना संक्रमित पुरुषको मृत्यु
बाँके । नेपालगञ्ज थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । नेपालगञ्ज उपमहानगरपालिका–३, एकलैनीका ५२ वर्षीय पुरुषको उपचारकै क्रममा शुक्रबार बिहान मृत्यु भएको छ ।
नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचाररत ती पुरुषको शुक्रवार बिहान २ बजेर २५ मिनेटमा मृत्यु भएको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ ।
असोज ५ गते अस्पताल भर्ना भएका उनमा परीक्षण गर्दा संक्रमण पुष्टि भएको थियो ।










