बुटवलको कोरोना विशेष अस्पतालमा थप एक जना कोरोना संक्रमितको मृत्यु

हेटौडा न्युज
९ आश्विन २०७७, शुक्रबार १८:१९
;

बुटवल । बुटवलको कोरोना विशेष अस्पतालमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

बुटवल उपमहानगरपालिका–८ का ७२ वर्षीय वृद्धको उपचारको क्रममा शुक्रबार दिउँसो मृत्यु भएको हो ।

मिर्गौलाका रोगी समेत रहेका उनको बिहीबार स्वाब संकलन गरिएकोमा शुक्रबार बिहान संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी डाक्टर विष्णु गौतमले जानकारी दिए ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*