कोरोना संक्रमणबाट हेटौंडाका थप एक जनाको मृत्यु
मकवानपुर । कोरोना संक्रमणका कारण हेटौंडाका एक जनाको मृत्यु भएको छ । चितवन मेडिकल कलेजमा उपचारका क्रममा हेटौँडा– ९ का ७४ वर्षीय पुरुषको मृत्यु भएको हो ।
उनको उपचारको क्रममा आज बिहान मृत्यु भएको अस्पतालका निर्देशक डा. दयाराम लम्सालले जानकारी दिएका छन् ।
निमोनियाको समस्या रहेका मृतकलाई असोज ३ गते स्वासप्रस्वासमा समस्या आएपछि अस्पताल लगिएको थियो ।










