बागमती प्रदेशमा कोरोना संक्रमितको संख्या २४ हजार ८ सय ५४ जना पुग्यो

मकवानपुर । बागमती प्रदेशमा कोरोना संक्रमितको सख्या २४ हजार ८ सय ५४ जना पुगेको छ । हिजो शुक्रबार मात्रैं एक दिनमा ७ सय ६३ जना कोरोना संक्रमित थपिएसँगै कोरोना संक्रमितको संख्या २४ हजार ८ सय ६३ पुगेको हो ।
प्रदेशमा १३ हजार ९ सय १६ जना कोरोना संक्रमणमुक्त भई घर फर्किएका छन् भने १० हजार ७ सय ६९ जना कोरोना संक्रमित उपचाररत रहेका छन् ।
बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार प्रदेशभर हालसम्म १ सय ६९ जनाको मृत्यु भएको छ ।