काठमाण्डौ खाल्डो, म जस्तोको लागि हैन ।

ध्रुब
१० आश्विन २०७७, शनिबार १४:३८

मकवानपुर । साहुनी आधा किलो बोनलेस रागाँको मासु जोख्नु न , राजेशले मासु जोख्न लगायो । म खड्केश्वर यातायातले हेटौडाँबाट काठमाण्डौसम्म पुर्याउदाँ लखतरान बनाएको ज्यानलाई अड्याउदैँ कसिलो जुत्ताले खुट्टाको बुढीऔलामा मन्द दुखाई बिर्सिरहेको थिएँ ।

सय रुपैयाँ देउ त,राजेश म तिर हात लम्काउदै अर्को हातले मासुको पोको दिन्छ । यार , कुखुरा र खसी त कम्ता महगो होईन , राँगाको भए सस्तो पनि टेष्टि पनि । उ मलाई आजको बेलुकाको खानाको मिठासको कल्पनामा रम्न प्रेरित गराई रहेको थियो तर रत्नपार्कमा केहि समयअघि खाएको चाउमिन पेटमा टम्म थियो , मस्तिष्कले स्वाद होईन आराम खोजिरहेको थियो । उसले म बाट लिएको सय रुपैयाँ तिरेर अगाडीको पसलमा लम्कन्छ र भन्छ,यार बिहान मात्रै प्याज सकेको , टमाटर पनि छैन ।

यो नहाले त मासु खाईसक्नु हुन्न पचास रुपैयाँ छ ? देउ त । म बाट फेरि पचास रुपैयाँ फुत्काएपछि उ एउटा किराना पसलमा किनमेल गरिरहेको म बाटो पारिबाट हेरिरहेको हुन्छु, केबल हेरि मात्रै रहेको हुन्छु शुन्यतामा हराएर । एक्कासी अगाडीबाट एउटा मोटरसाईकल हुईकिन्छ मेरो हातको मासुको पोका छोउला झै गरि , म झस्किन्छु ।

त्यो दृश्य राजेशले नियालिरहेको रहेछ र उ म नजिक आएर भन्यो । साला यो पल्सर हो , डेन्जर कुद्नी वाला । अलि बिचार पुर्याउनु पर्छ नत्र हानेर भाग्छ । म राजेशको काठमाण्डौ घुम्न आउने निम्तो स्वीकार गरेर यहाँ आएको र उसकोमा पाहुना लाग्न आएको मान्छे तर कलंकीमा मलाई लिन आएको राजेशसँग उसको डेरा सम्म पुग्न लाग्दा मेरो पर्सको मोटाई आधा घटिसकेको थियो । त्यहाँबाट रत्नपार्क , त्यहाँको कोकाकोला र चाउमिन , त्यसपछि जोरपाटीसम्मको गाडी भाडा , बेलुकाको तरकारी मासु र प्याज टमाटर , यसमा सबै मेरो लगानी ।

उ मलाई काठमाण्डौको घुम्न पर्ने ठाँउहरुको फेहरिस्त बताईरहेको थियो । म मन नलागी नलागी सुनिरहेको थिएँ । उ मलाई गोपिकृष्ण हलमा फिलिम हेर्न जादाँ राजेश हमाललाई नजिकैबाट देखेको देखी निखिल उप्रेतीलाई उ हिड्दा सिसा खोलेर गुडेको कार भित्र देखेको सम्मका कहानीहरु सुनाईरहेको थियो । अब भने खुट्टा नमजाले दुख्न थालिसकेको थियो । जुत्ता फिटिङ लगाउनुपर्छ भनेर विकासको हुटहुटीमा हङकङ बजारमा किनेको जुत्ता अहिले यति टाईट भयो कि यसले खुट्टाका हरेक तहहरुलाई कक्रक्क पारिरहेको थियो , शायद ठेला उठेर फुट्यो होला त्यसैले एकदम चर्हाएको महशुस भईरहेको थियो ।

आई , कति छ यार तेरो कोठामा पुग्न ? म उसलाई सोध्छु । अब आउनै लाग्यो , अर्को बाटो गएको भए अघिनै पुगिन्थ्यो यो अलि लामो बाटो हो , तलाई घुमाउदैँ लेराको । उस्को जवाफ सुन्ने बित्तिकै कन्सिरीका रौँ तात्यो । साले , मान्छेको खुट्टा यस्तो दुखेको छ यत्रो बाटो हिडाँउने ? म रिसले आगो भएँ । उ हास्दै जवाफ दिन थाल्यो नरिसान , जाबो यति हिड्दा , अब आउनै लाग्यो ।

छारोले मैला भएका कपडा, गाडीका धुवाँधुलोले बिझाईरहेको आखाँ , जुत्ताले दुखाईरहेका खुट्टा , काठमाण्डौ घुम्ने मेरो चाहाना जे भएपनि मेरो दोस्त थियो र यि पुरा हुदैँ छ। उ तिर हेर्दा नै मेरो सब रिस शान्त हुन्छ र उ प्रति गर्व गर्न मन लाग्छ ।

साला कति बाठो छ यार । यत्रो सहरमा यत्तिका मान्छे चिनेको छ , कसैसँग पनि नडराई बोल्छ । यसले केहि गर्छ , मलाई राजेश प्रति गर्व लाग्छ र इर्ष्या पनि । म पनि यस्तै हुन पाए ।
क्रमश….

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*