११ वर्षीया बालिकाको हत्या
धरान । धरानमा ११ वर्षीया बालिकाको हत्या भएको छ । जिल्लाको बराहक्षेत्र नगरपालिका–१ कटहरेमा मीना राईको हत्या भएको हो ।
सबैजना छिमेकीको घरमा धामी बसेको हेर्न गएको बेला ती बालिकाको घर मै हत्या भएको इलाका प्रहरी कार्यलय चक्रघट्टीले जनाएको छ ।
घट्नास्थल वरिपरी बियरका बोतलहरू फेला परेको स्थानीयहरुले बताएका छन् ।
घट्नाबारे अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यलय चक्रघट्टी प्रहरी निरीक्षक पाण्डव रावबंशीले जानकारी दिए ।
रातको समय रक्सी खाएर हिड्दै गरेको सूचनाका आधारमा आठजना युवाहरुलाई पक्राउ गरेको छ ।










