कोरोना संक्रमणबाट क्याम्पस प्रमुखको मृत्यु
भैरहवा । कोरोना संक्रमणबाट बबई बहुमुखी क्याम्पस बर्दियाका प्रमुख विनोद अग्रवालको मृत्यु भएको छ । फोक्सोको क्यान्सरबाट पीडित गुलरिया नगरपालिका–७ का ५२ वर्षीय अग्रवालको शनिबार मृत्यु भएको हो ।
होम आइसोलेसनमा बसेका उनलाई श्वासप्रश्वासमा समस्या भएपछि भेरी अस्पताल ल्याउँदै गर्दा मृत्यु भएको बाँकेका कोरोना फोकल पर्सन नरेशबाबु श्रेष्ठले जानकारी दिए ।
चार दिन अघि कोरोना पुष्टि भएपछि उनी होम आइसोलेसनमै बस्दै आएका थिए ।










