सशस्त्र प्रहरीका एक जवान मृत अवस्थामा फेला
कैलाली । कैलालीमा सशस्त्र प्रहरीका एक जवान मृत अवस्थामा फेला परेका छन् । धनगढी उपमहानगरपालिका–१४ स्थित खुटिया खोलामा सुर्खेतको लेखबेसी नगरपालिका–१ घर भइ हाल सशस्त्र प्रहरी बल विओपी बेस जुगेडामा कार्यरत अन्दाजी २१ वर्षका सशस्त्र प्रहरी जवान कुमार सारु मृत अवस्थामा फेला परेका हुन् ।
सशस्त्र जवान सारु पानीभित्र मृत अवस्था फेला परेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) मुकेशकुमार सिंहले बताए ।
यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।










