मकवानपुरमा कोरोना संक्रमितको संख्या १३ सय २५ पुग्यो

हेटौडा न्युज
११ आश्विन २०७७, आईतवार ११:२९
;

मकवानपुर । मकवानपुरमा कोरोना संक्रमितको संख्या १ हजार ३ सय २५ पुगेको छ । जिल्लामा हालसम्म ९ हजार ४ सय ७२ जनाको पीसीआर विधिमार्फत परिक्षण गरिएको छ ।

परिक्षण गरिएका मध्यमा एक हजार ३ सय २५ जनामा कोरोना संक्रमण पुष्टि भएको बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयका डा. पुरुषोत्तम सेढाईले जानकारी दिए ।
पहिले कोरोना जाँच गरिएपनि धेरैजसोको रिपोर्ट नेगेटिभ प्राप्त भएपनि अहिले भने पोजेटिभ देखिन थालेको डा. सेढाइले बताएका छन् ।

मकवानपुरमा हाल १ सय ३१ जना संक्रिय संक्रमित रहेका छन् । जसमध्ये २६ जना क्वारेन्टिनमा रहेका छन् भने ४ जना होम आईसोलेसनमा रहेका छन् । त्यस्तै आइसोलेसनमा १ सय १ जना रहेको जनाइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*