चिनियाँ दूतावासअगाडि प्रदर्शन गर्ने नेविसंघका छ जना पक्राउ

काठमाडौं । नेपालको हुम्लामा चिनियाँ पक्षले सीमा मिचेको दाबीसहित चिनियाँ दूतावास अगाडि प्रदर्शन गर्ने नेपाल विद्यार्थी संघका कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ ।
सोमबार बिहान काठमाडौंको टंगालस्थित दूतावास अगाडि नेविसंघका पूर्वमहामन्त्री कुन्दनराज काफ्ले नेतृत्वमा नेविसंघले प्रदर्शन गरेको हो ।
पक्राउ पर्नेमा नेविसंघका नवराज त्रिपाठी, प्रनिल तामाङ, सुवोध ओली, विन्दा बोगटी, अर्वत खड्का, दीपेन्द्र खड्का रहेका छन् ।