बाघको आक्रमणबाट फेरी एक जनाको मृत्यु
चितवन । पाटेबाघले आक्रमणबाट चितवनमा एक जनाको मृत्यु भएको छ । चितवन निकुञ्जसँग जोडिएको कुमरोज मध्यवर्ती सामुदायिक वनमा घाँस काट्न गएका रत्ननगर–६ का ६० वर्षीय बगुना चौधरीको मृत्यु भएको हो ।
एक महिनायता चितवन निकुञ्जनजिक बाघले आक्रमण गर्दा स्थानीयको मृत्यु भएको तेस्रो घटना हो ।
चितवन निकुञ्जमा गत वर्ष हात्ती र गैंडाको आक्रमणमा परी मध्यवर्ती क्षेत्रका पाँच जनाको निधन भएको थियो ।










