कोरोना भाइरसमा चीनलाई उछिन्दै नेपाल

हेटौडा न्युज
१३ आश्विन २०७७, मंगलवार १३:५५
;

काठमाडौं । नेपालमा विगत एक महिनायता एक हजारदेखि १५ सयसम्म संक्रमित थपिँदै गएका छन् । नेपाल कोरोना संक्रमितको सबैभन्दा धेरै ४८औं सूचीमा रहेको छ ।

चीनको हुवेई प्रान्तको वुहान सहरबाट सुरु भएको कोरोना भाइरस अहिले संसारभर फैलिएको हो ।

वल्र्डोमिटरका अनुसार हालसम्म नेपालमा ७४ हजार ७ सय ४५ जना संक्रमित रहेका छन् । यही ढंगले वृद्धि हुँदै गएमा नेपालमा कोरोना संक्रमणले भयावह रूप लिने निश्चित छ ।

चीनमा कोरोना भाइरस संक्रमणबाट पाँच हजारको मात्र मृत्यु भएको छ ।हालसम्म त्यहाँ ८५ हजार २८४ जना कोरोना संक्रमितको संख्या पुगेको छ । चीन आजका मितिसम्म कोरोना प्रभावित देशको ४४औं स्थानमा छ ।

तर, चीनमा महामारी रूप लिँदासमेत नेपालमा नदेखिएको कोरोनाले आज चीनलाई नै उछिन्ने अवस्थामा पुगेको देखिन्छ । अबको चार पाँच दिनभित्रै नेपालमा चीनको भन्दा पनि बढी कोरोना सक्रमितको संख्या हुने निश्चित छ ।

नेपालमा हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको सख्या चार सय ८० पुगेको छ । तर, संक्रमितको दर भने चीनको हाराहारीमा पुगिसकेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*