कोसी अस्पतालमा उपचाररत कोरोना संक्रमित पुरूषको मृत्यु
विराटनगर । कोसी अस्पताल विराटनगरमा उपचाररत कोरोना संक्रमित पुरूषको मृत्यु भएको छ । सुनसरीको दुहबी नगरपालिका–५ का ६० वर्षीय पुरुषको उपचारका क्रममा मंगलबार मृत्यु भएको हो ।
संक्रमित पुरुषमा ज्वरो, खोकी र श्वासप्रश्वासको समस्या रहेको थियो । सोमबार दिउँसो अस्पतालमा भर्ना भएका उनको मृत्युपछि स्वाब संकलन गरेर पीसीआर परीक्षण गर्न पठाउँदा रिपोर्ट पोजेटिभ आएको थियो ।










