कर्मचारीमा कोरोना संक्रमण देखिएपछि श्रम स्वीकृति दिने काम बन्द

हेटौडा न्युज
१४ आश्विन २०७७, बुधबार १२:५८
;

काठमाडौं । वैदेशिक रोजगार कार्यालय ताहाचलमा कार्यरत कर्मचारीमा कोरोना संक्रमण देखिएपछि श्रम स्वीकृति दिने काम बन्द भएको छ ।

वैदेशिक रोजगार विभागका महानिर्देशक कुमार दाहालका अनुसार कर्मचारीमा संक्रमण पुष्टि भएपछि सेवा रोकिएको हो ।

कार्यालयमा कार्यरत एक जना कर्मचारीमा कोरोना पुष्टि भएको र अन्य कर्मचारीमा पनि लक्षण देखिएको कारण सबै प्रकारका सेवा भने बन्द गरिएको दाहालले बताए ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*