मकवानपुरमा कोरोना संक्रमितको संख्या १४ सय २४ पुग्यो
मकवानपुर । मकवानपुरमा कोरोना संक्रमितको संख्या १ हजार
४ सय २४ जना पुगेको छ ।
जिल्लामा बुधबार एकैदिन थप ५२ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या १ हजार ४ सय २४ जना पुगेको बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
बुधबार बागमती प्रदेशमा १ हजार ४६ जनामा कोरोना पुष्टि भएको थियो । जस मध्ये मकवानपुरका ५२ जनामा कोरोना जना रहेका छन् ।
जिल्लामा हाल २८ जना क्वारेन्टाइनमा, ४ जना होमक्वारेन्टाइनमा र ६३ जना आइसोलेशनमा बस्दै आएका छन् ।










