होम आइसोलेसनमा बसेकी कोरोना संक्रमित वृद्धाको मृत्यु
काठमाडौं । होम आइसोलेसनमा बसेकी कोरोना संक्रमित वृद्धाको मृत्यु भएको छ । मोरङ उर्लाबारी नगरपालिका– २ कि ८४ वर्षीया वृद्धाको मृत्यु भएको हो ।
विराट मेडिकल कलेजमा उपचारका क्रममा मंगलबार कोरोना पोजेटिभ देखिएपछि वृद्धा होम आइसोलेसनमै बसेकी थिइन् ।
उनको बिहीबार विहान मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय मोरङले जनाएको छ ।
बुधबार राति सुनसरी इटहरीका दुई जनाको संक्रमणका कारण मृत्यु भएको थियो ।










