सवारी साधन तोडफोड गर्दै महिलामाथि हातपात गर्ने चार जना पक्राउ
काठमाडौं । सवारी साधन तोडफोड गर्दै महिलामाथि हातपात गर्ने चार जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा चन्द्रागिरि नगरपालिका १४ नैकाप बस्ने सुनसरी घर भएका २६ वर्षीय जस राज लिम्बु, सिन्धुली मनबा घर भएका १८ वर्षीय किशोर, धादिङ निलकण्ठ नगरपालिका घर भएका २१ वर्षीय प्रबिन झेडी र काठमाडौं चन्द्रागिरी नगरपालिका १४ नैकाप बस्ने १९ वर्षीय सबिन चापागाई रहेका छन् ।
बिहीबार राति चन्द्रागिरी नगरपालिका–१४ नैकाप बाईछापस्थित सडकको किनारामा पार्किङ गरी राखेका सवारी साधन तोडफोड पछि उनीहरुले एक महिलामाथि समेत हातपात गरेका थिए ।
उनीहरुले महिलालाई विभिन्न अपशब्दहरु प्रयोग गर्दै हातपात गरी घाइते बनाएको प्रहरीले जनाएको छ ।
यस्तै पार्किङ गरी राखेका बा ८ च ५२६८, प्रदेश ३–०१–०२२ च ०८४३ नम्बरको गाडी र बा २ ज १९६५ नम्बरको ट्याक्सीमा तोडफोड गरेको प्रहरी बृत्त थानकोटले जनाएको छ।
थप अनुसन्धान गरिरहेको वृत्तले जनाएको छ।










