हेटौंडामा सवारी दुर्घटना हुँदा दुई जना घाइते

हेटौडा न्युज
१७ आश्विन २०७७, शनिबार ०९:२७
;

मकवानपु्र । हेटौंडामा सवारी दुर्घटना हुँदा दुई जना घाइते भएका छन् । घाइते हुनेमा मोटरसाइकल चालक हेटौंडा–१७ चुच्चेखोलाका अन्दाजी ३० वर्षीय रोशन मानन्धर र सर्लाही हरिपुर–५ घर भई हेटौंडा–४ कर्रामा डेरा गरी बस्ने ३२ वर्षीय निरन्जन यादव रहेका छन् ।

हेटौंडा–४ कर्रामा नम्बर नखुलेको सुमोले ना २० प ५९३६ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाईकल चालकसहित दुई जना घाइते भएका हुन् ।

घाइते मानन्धरको चुरेहिल र यादवको हेटौंडा अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

दुर्घटनापछि नम्बर नखुलेको सुमो फरार भएको र उनको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*