प्रदेश राजधानी प्रस्ताव गरिएसँगै जग्गा किनबेचमा रोक

हेटौडा न्युज
१७ आश्विन २०७७, शनिबार ०९:३६
;

दाङ । प्रदेश ५ को प्रस्तावित स्थायी राजधानी क्षेत्रमा जग्गा किनबेचमा रोक लगाइएको छ । प्रस्ताव गरिएका दाङका दुई र अर्घाखाँचीको एक पालिकामा प्रदेश सरकारले जग्गा किनबेच गर्न रोक लगाएको हो ।

राप्ती गाउँपालिकाको पूरै, गढवा गाउँपालिकाको वडा नम्बर १, २, ३ र अर्घाखाँची जिल्लाको शीतगंगा नगरपालिकाको वडा नम्बर ८ र ९ मा जग्गा किनबेच र कित्ताकाटमा रोक लगाइएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ ।

प्रदेश राजधानीका लागि जग्गा अभाव हुन नदिन र जग्गा किनबेचमा अनावश्यक चलखेल रोक्न यस्तो निर्णय गरिएको बताइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*