त्रिशुली नदीमा ट्रक खस्यो, तीन जना घाइते

हेटौडा न्युज
१७ आश्विन २०७७, शनिबार ०९:५९
;

चितवन । त्रिशुली नदीमा ट्रक खस्दा तीन जना घाइते भएका छन् । भैरहवाबाट काठमाडौं जाँदै गरेको ना ५ ख ९६२२ नम्बरको ट्रक त्रिशुली नदीमा खसेको हो ।

सो ट्रक आज बिहान पृथ्वीराजमार्ग अन्तरगत चितवनको इच्छाकामना गाउँपालिका–४ धारापानी भन्ने स्थानबाट झण्डै ८० फिट तल खसेको छ ।

दुर्घटनामा परी घाइते हुनेमा ट्रक चालक गल्छी–७ धादिङ्ग बस्ने २८ वर्षीय रोहित तामाङ, ट्रकमा सवार सोही ठाउँ बस्ने १९ वर्षीय रामकुमार लालचन र २३ वर्षीय राजन भन्ने अर्जुन रुम्बा रहेको ट्राफिक प्रहरी कार्यालय मुग्लिनले जनाएको छ ।

घाइतेहरुलाई उपचारको लागि धादिङको गजुरी अस्पताल पठाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*