उपत्यकामा ११ सय ७७ जना कोरोना संक्रमित थपिए
काठमाडौं । काठमाडौं उपत्यकामा थप १ हजार १ सय ७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबार गरिएको परीक्षणमा काठमाडौं उपत्यकामा थप १ हजार १ सय ७७ जनामा कोरोनाको संक्रमण पुष्टि भएको हाने ।
मन्त्रालयका अनुसार काठमाडौंका १ हजार १, भक्तपुरका ६७ र ललितपुरका १ सय ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
यस्तै, शनिबार नेपालमा थप २ हजार १सय २० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ८४ हजार ५७० पुगेको छ ।
संक्रमितमध्ये ६२ हजार ७४० जना निको भएर घर फर्किएका छन् भने कोरोना संक्रमणबाट अहिलेसम्म ५२८ जनाको मृत्यु भएको छ।










