नेपाल जेसीजको कार्यकारीणी उपाध्यक्षमा हेटौँडाका दाहालको उम्मेदवारी
मकवानपुर । नेपाल जेसीजको राष्ट्रिय कार्यकारिणी उपाध्यक्षको लागि हेटौँडाका अरुण कुमार दाहालले उम्मेदवारी दिएका छन् ।
वीरगंज जेसीजको मातृत्व रहेको हेटौँडा जेसीजले जेसीआई सिनेटर दाहाललाई राष्ट्रिय कार्यकारीणी उपाध्यक्षको उम्मेदवारको रुपमा प्रस्तुत गरेको हो ।
गोपी कृष्ण गोर्खालीको नेतृत्वमा सन् १९८७ मा स्थापना भएको हेटौँडा जेसीजले यसअघि २ वटा क्षेत्रिय सम्मेलन र २ वटा राष्ट्रिय महाधिवेशन समेत सम्पन्न गरिसकेको हेटौँडा जेसीजका अध्यक्ष राजदेव बानियाँले बताए ।
मकवानपुरकै पहिलो जेसीजको रुपमा रहेको हेटौँडा जेसीजले देशकै जेसीज सदस्यहरुको दोस्रो पटक नेतृत्व लिने उद्देश्यले दाहाललाई उम्मेदवारको रुपमा प्रस्तुत गरेको हो ।
सन् २०१० मा जेसीजको सदस्यका रुपमा जेसीज यात्रामा लागेका दाहाल सन् २०१२ मा निर्विरोध निर्वाचित उपाध्यक्ष, २०१५ मा जेसीज हेटौँडा शाखाको महासचिव, २०१६ मा कार्यकारीणी उपाध्यक्ष हुँदै सन् २०१७ मा शाखाको अध्यक्ष भए ।
हेटौँडामा भएको ३९ औँ राष्ट्रिय महाधिवेशनको आवास व्यवस्थापनको नेतृत्व संहालेका दाहालले सन् २०१४ मा प्रकरण निर्देशक भएर काम गरिसकेका छन् ।
त्यसैगरी आफ्नो कार्यकालमा सबैभन्दा धेरै कार्यक्रम गर्ने रेकर्ड बनाएका उनै दाहालले जेसीजलाई प्रविधिमैत्री बनाउन सफल भए ।
उनले हेटौँडा जेसीजको मोवाइल एप संचालन गर्नुको साथै प्रविधिमैत्री जेसीज हल समेत निर्माण गरेको हेटौँडा जेसीजका लिसेन बस्नेतले जानकारी दिए ।
अध्यक्ष भएकै तेस्रो महिनामा आफ्नो वार्षिक कार्यक्रम कार्ययोजना सम्पन्न गरी नेपाल जेसीजको जेसीज अफ द मन्थबाट सम्मानितसमेत भए ।
सन् २०१७ मा एसिएन एकेडेमीबाट ग्रयाजुएट भएका दाहाल सन् २०१८ मा नेशनल टटको डाइरेक्टर समेत भइसकेका छन् ।
उनी एक व्यवसायी पनि हुन् ।










