भीमफेदीमा बन्ने भो सुरुङमार्ग, आजबाट कार्यालय स्थापना

हेटौडा न्युज
२३ आश्विन २०७७, शुक्रबार १५:३९
;

मकवानपुर । बागमती प्रदेश सरकारले हेटौंडाहुँदै काठमाडौं जाने मदन भण्डारी मार्ग अन्तर्गतको भीमफेदीमा पोष्टबहादुर बोगटी सुरुङमार्ग निर्माण थालनीका लागि आजबाट हेटौंडामा कार्यालय स्थापना गरेको छ । प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री रामेश्वर फुयालले एक कार्यक्रमका बीच कार्यालय शुभारम्भ गरेका छन् ।

करीब १ अर्ब रुपैया लागत अनुमान गरिएको ३ दशमलब २ किलोमिटर लम्बाईको सो सुरुङमार्ग निर्माणका लागि संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारहरुले संयुक्त सहभागितामा निर्माण गरिने मन्त्री फुयालले जानकारी दिएका छन् । केही दिन अघि सो सुरुङमार्ग निर्माणको कुनैपनि टेण्डर लगायतका कार्य नगर्न सार्वजनिक लेखा समितिले निर्देशन दिएको थियो ।

यस विषयमा मन्त्री फुयालले समितिलाई आफूहरुले जवाफ दिने र संघीय सरकारले समेत राष्ट्रिय गौरवको आयोजनमा यस सुरुङमार्गलाई परिभाषित गरेकाले आफूहरुको काममा कुनै पनि अबरोध नआउने विश्वास व्यक्त गरेका छन् ।

हाल सञ्चालनमा रहेको हेटौंडा–कुलेखानी–फर्पिङ हुँदै काठमाडौं पुग्न करीब ३ घण्टा लाग्ने गरेको छ । सुरुङमार्ग निर्माण पछि हेटौंडाबाट २ घण्टामा काठमाडौं पुग्न सकिने र दूरी घट्नाले सवारीको इन्धन खर्च, मर्मत खर्च सहित समयको पनि बचत हुने बताईएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*