मकवानपुरमा थप ४० जनामा कोरोना पुष्टि

हेटौडा न्युज
२८ आश्विन २०७७, बुधबार १६:१०
;

मकवानपुर । मकवानपुरमा थप ४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौंडामा गरिएको परिक्षणमा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।

संक्रमण देखिनेमा १३ जना महिला र २६ जना पुरुष रहेका छन् । गत असोज २६ गते संकलन गरिएको स्वाबको नमुना परिक्षण गर्दा थप ४० जनामा कोरोना पुष्टि भएको हो ।

संक्रमण पुष्टि हुनेहरुमा हेटौंडाका विभिन्न वडामा गरी ३४ जना, कैलाश गाउँपालिका–६ का एक पुरुष, थाहा नगरपालिका–६ का ३ जना, मनहरी–८ का एक पुरुष र जिल्ला बाहिरका एक जना रहेका छन् ।

हेर्नुहोस् पूरा विवरणः

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*